ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपालमा केही भएन भनेर भ्रम फिँजाउनेहरु नेपाल बिरोधी वर्ग भएको बताउनुभएको छ । सोमवार सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा २०७८ असार १ गतेको बाढीले पु¥याएको क्षेत्रको स्थलगत अनुगमन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नेपालमा केही पनि भएन भनेर नकारात्मक भाष्य फिँजाउन एउटा वर्ग नै लागेको उहाँको भनाइ छ ।