टरिगाउँ विमानस्थलको विकास नीति कार्यक्रममा मात्रै सीमित नहोस्ः काँग्रेस सांसद गिरी

बैशाख ३०, २०८२ मंगलबार
टरिगाउँ विमानस्थलको विकास नीति कार्यक्रममा मात्रै सीमित नहोस्ः काँग्रेस सांसद गिरी

नेपाली काँग्रेसका सांसद दीपक गिरीले दाङस्थित टरिगाउँ विमानस्थल (तुलसीपुर एयरपोर्ट)लाई राजनीतिक दलहरुले चुनाव जित्ने भ¥याङको रुपमा मात्र प्रयोग गरिरहेको आरोप लगाउनुभएको छ । प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद गिरीले यस्तो बताउनुभएको हो । उहाँले सधैं नीति तथा कार्यक्रममा विमानस्थलको स्तरोन्नति गर्ने भनिएपनि काम अगाडि नबढाएको भन्दै आपत्ति जनाउनु भयो । उहाँले अगामी आर्थिक वर्षको बजेटमा विमानस्थलको स्तरोन्नतिको लागि तीन अर्ब ४२ करोड रुपैयाँ विनियोजन गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images