राष्ट्रिय सभा सदस्य तुलसादेवी दाहालले जनताले महशुस गर्नेगरी बजेट विनियोजन गर्न सरकारलाई सुझाव दिनुभएको छ । मंगलवार राष्ट्रिय सभा बैठकमा आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलमा भाग लिँदै उहाँले सरकारलाई यस्तो सुझाव दिनुभएको हो । उहाँले जनताको जीवनस्तरमा सहज हुनेगरी बजेट विनियोजनमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले बजेट विनियोजनका क्रममा राज्यले नीति तथा कार्यक्रममा ल्याएका विषयवस्तुलाई र सिद्धान्त र प्राथमिकतामा तोकिएका विषयवस्तुलाई कार्यान्वयन गर्न आवश्यक रहेको औँल्याउनु भयो ।