अनाधिकृत व्यापारलाई नियन्त्रण गर्न माग

बैशाख ३०, २०८२ मंगलबार
अनाधिकृत व्यापारलाई नियन्त्रण गर्न माग

अनाधिकृत व्यापारलाई नियन्त्रण गर्न माग गर्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार दाहाललाई ज्ञापनपत्र बुझाएको छ ।  कालोसूचिमा पर्ने व्यवसायीको संख्या बढ्दै गएको  र व्यवसाय गर्ने वातावरण समेत खलबलिएको भन्दै महासंघले आज ज्ञापानपत्र बुझाएको हो । ज्ञापनपत्र बुझाउने क्रममा महासंघका महासचिव नवीन लुर्इंटेलले अहिलेको विषम परिस्थ्तििबाट देश र अर्थतन्त्रललाई सकारात्मक दिशातर्फ लैजान सरकारले उचित कदम चाल्नुपर्ने बताउनु भयो । उहाँले विभिन्न मुलुकबाट नेपालतर्फ पैठारी हुने समानहरु अवैधानिक तवरबाट भित्रिरहेको अहिलेको अवस्थामा बढ्दो भन्सार दर, अव्यवहारिक मूल्यांकन तथा हालको दरवन्दीका कारण अनाधिकृत व्यापारले प्रश्रय पाइरहेको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images