राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले आशा र अपेक्षाअनुसार सिद्धान्त र प्राथमिकता नआएको बताउनुभएको छ । मंगलवार राष्ट्रिय सभा बैठकमा आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलमा भाग लिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशको समस्यालाई ठिक ढङ्गले पहिचान गरेर सिद्धान्त र प्राथमिकता नल्याइएको बताउँदै यो सही नभएको र जनताका आवश्यकता पूरा गर्न नसक्ने जिकिर गर्नुभयो । उहाँले सिद्धान्त र प्राथमिकतामा आएको विषयहरू पनि कार्यान्वयन हुनेमा ढुक्क र विश्वस्त हुने अवस्था नरहेको धारणा राख्नुभयो ।