प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमबुद्ध क्रिकेट रंगशाला सरकारले बनाएर छोड्ने बताउनुभएको छ । मंगलवार बालुवाटारमा सिनेपा चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ उद्घोष समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नयाँ काम शुरु गरिएको र काम शुरु गरेपछि बनेर छोड्ने बताउनु भयो । उहाँले उहाँले सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले चितवनमा गौतमबुद्ध क्रिकेट रंगशाला बनाउन शुरु गर्दा त्यहाँ धेरै गाह्रो छ काम नथाल्नु भनेको स्मरण गर्दै पछि धेरै दुःख पाएको बताउनु भयो । उहाँले क्रिकेट मैदान बनेसँगै उनीहरुको दुःख हट्ने बताउनु भयो ।