स्थापनाको १३ वर्षमै प्लानिङ ब्वाइज शिर्ष डिभिजनमा

बैशाख ३०, २०८२ मंगलबार
स्थापनाको १३ वर्षमै प्लानिङ ब्वाइज शिर्ष डिभिजनमा

प्लानिङ ब्वाइज युनाइटेड दुई खेल बाँकी छँदा नै नेपाली घरेलु फुटबलको शीर्ष डिभिजन लिगमा उक्लिएको छ । जारी शहीद स्मारक ‘बी’ डिभिजन लिगमा प्लानिङले मंगलबार बाँसबारी क्लवमाथि २–० को जित निकाल्यो । यो जितसँगै लिगमा कम्तीमा शीर्ष दुई स्थान पक्का गर्दै प्लानिङले शीर्ष डिभिजनको यात्रा पक्का गरेको हो । अब प्लानिङले लिगमा दुई खेल्न बाँकी छ । यी दुवै खेलमा हार व्यहोरे पनि प्लानिङ शीर्ष दुईमा नै रहने पक्का छ । सन् २०१२ देखि नेपालको घरेलु लिग खेल्ने थालेको प्लानिङले १३ वर्षमा नै शिर्ष डिभिजनको यात्रा तय गरेको हो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images