नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले विपद्को पूर्वतयारीमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले विपद् तयारीमा जुट्न सरकारसँग आग्रह गर्नुभएको हो । उहाँले प्रि मनसुन शुरु भएको र राजमार्गमा त्रास रहेको बताउनु भयो । उहाँले वैशाख १ देखि २८ गतेसम्मको तथ्यांक हेर्दा ७३२ वटा विपद्का घटनाहरु भएकोमा २१ जनाको मृत्यु हुनुका साथै १७ करोड बराबरको क्षति भएको बताउनु भयो । सरकारका आपसी निकायहरुका बीचमा समन्वय नहुँदा विपद्को उद्धार र व्यवस्थापनमा ढिला भइरहेको उहाँको भनाइ छ ।