काँग्रेस सांसद केसीको टिप्पणीः ‘विनियोजन विधेयकले राष्ट्रिय यथार्थ समेट्न सकेन’

बैशाख ३१, २०८२ बुधबार
काँग्रेस सांसद केसीको टिप्पणीः ‘विनियोजन विधेयकले राष्ट्रिय यथार्थ समेट्न सकेन’

नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारको आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा राष्ट्रिय यथार्थ झल्किन नसकेको टिप्पणी गर्नुभएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद केसीले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले मुलुकको वर्तमान आर्थिक संकट, चुनौती र जटिल परिस्थितिलाई सिद्धान्त र प्राथमिकताकमा समेटिएको नदेखिएको बताउनु भयो । विनियोजन विधेयकमार्फत सरकारले सबैलाई खुशी बनाउने प्रयास गरेको तर कोही पनि खुशी नदेखिएको सांसद केसीको भनाइ छ । उहाँले मुलुकको अर्थतन्त्र लगातार शिथिल बन्दै गएको भन्दै सरकार गम्भिर हुन जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले यस्तो परिस्थितिमा बजेट तर्जुमा प्रक्रिया चुनौतिपूर्ण र अपजसपूर्ण हुने उल्लेख गर्दै ऋण र कुल गार्हस्थ्य उत्पादनबीच सन्तुलन कायम गर्न नसकिएकोतर्फ सरकारको ध्यानाकर्षण गराउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images