उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलबाट प्राप्त सुझाव निरर्थक नहुने बताउनुभएको छ । बुधवार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको विषयमा सांसदहरुले दिएका राखको जिज्ञासाको जवाफ दिँदै अर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको हो । उहाँले आगामी बजेट निर्माणका सन्दर्भमा सांसदहरुले व्यक्त गरेको चिन्ता, सुझाव र विचार निरर्थक नहुने बताउनु भयो ।