आर्थिक वर्ष २०२७ सम्ममा निसानले प्लान्टहरू बन्द गर्ने, विश्वव्यापी रूपमा २० हजार  रोजगारी कटौती गर्ने

जेठ १, २०८२ बिहीबार
आर्थिक वर्ष २०२७ सम्ममा निसानले प्लान्टहरू बन्द गर्ने, विश्वव्यापी रूपमा २० हजार  रोजगारी कटौती गर्ने

जापानको निसान मोटर कम्पनीले विश्वव्यापी रूपमा आफ्ना सात उत्पादन प्लान्टहरू बन्द गर्ने भएको छ । आर्थिक वर्ष २०२७ सम्ममा आफ्नो विश्वव्यापी रुपमा २० हजार कर्मचारी घटाउने बताएको छ । कम्पनीले अमेरिकी ट्यारिफ नीतिहरूबाट उत्पन्न अनिश्चितताहरूलाई उद्धृत गर्दै मार्च २०२६ मा समाप्त हुने आर्थिक वर्षको लागि आफ्नो नाफा पूर्वानुमानलाई पनि रोक लगाउने बताएको छ । निसानले मार्च २०२५ मा समाप्त हुने आर्थिक वर्षको लागि ६७०.८ बिलियन येन (लगभग ४.५४ बिलियन अमेरिकी डलर) को खुद घाटा रिपोर्ट गरेको छ । जुन चार वर्षमा पहिलो वार्षिक घाटा हो । यसको प्रमुख अमेरिकी बजारमा विक्री खर्च बढेको र जापान र विदेशमा कारखाना सम्पत्तिको पुनर्मूल्याङ्कनबाट भएको क्षतिले गर्दा मन्दी आएको हो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images