प्राचिन इजिप्टियन सभ्यताको धेरै कालखण्डहरूमा फैलिएका पच्चीस ऐतिहासिक र कलात्मक रूपमा महत्वपूर्ण कलाकृतिहरू संयुक्त राज्य अमेरिकाबाट इजिप्ट फिर्ता ल्याइएको छ । इजिप्टको विदेश मन्त्रालयले न्यु योर्कमा रहेको इजिप्टियन कन्सुलेट जनरलले कलाकृतिहरूको फिर्ताको निरीक्षण गरेको बताएको हो । जसलाई मन्त्रालयले हालैका समयमा अवैध रूपमा तस्करी गरिएका पुराना वस्तुहरूको सबैभन्दा ठूलो समूहको रूपमा वर्णन गरेको छ । संग्रहमा ढुङ्गा र काठको सार्कोफ्यागसका ढक्कनहरू, सिरेमिक र सुनौलो काठको अन्त्येष्टि मास्कहरू, एउटा ठूलो अलाबास्टर फूलदान, र ग्रीको–रोमन काल (लगभग ३३२ ईसा पूर्व–६४० ईस्वी) देखिको महिलाको चित्र समावेश छ ।