उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री एवं नेकपा एमाले नेता दामोदर भण्डारीले राजनीति सही ढंगले परिचालित भए व्याप्त निराशा चिर्न सकिने बताउनुभएको छ । काठमाडौंमा नेकपा एमालेले आयोजना गरेको नेपालको वर्तमान आर्थिक अवस्था र आगामी बजेटको सन्दर्भमा राजनीतिक पार्टीले लिनुपर्ने पहलकदमी सम्बन्धमा निजी क्षेत्रका व्यवसायीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले उद्योगीहरुका माग र मुद्दाहरु सम्बोधन गर्दा दलाल, विचौलियासँग सरकारको मिलोमतो छ भन्ने गरिएकोप्रति आपत्ति जनाउनु भयो ।