नेकपा एमाले सांसद सुहाङ नेम्वाङले स्पष्ट ढुवानीमैत्री नीति आवश्यक रहेको बताउनुभएको छ । बिहीवारको प्रतिनिधि सभामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । कर बीमा र अनुमति प्रक्रिया डिजिटल एकद्वार प्रणालीबाट सरल बनाइनुपर्ने माग गर्नुभयो । साथै भौतिक पूर्वाधारमा प्राथमिकता दिइ सुधार गर्न जरुरी रहेको बताउनु भयो ।