नेकपा एमाले सांसद ईश्वरबहादुर रिजालले प्रमुख प्रतिपक्ष दलले जनतामा भ्रम छर्ने काम गरेको आरोप लगाउनुभएको छ । लोकतन्त्रमा जे गरेपनि हुन्छ भन्ने किसिमले अराजक भएर लोकतन्त्रको अभ्यास गर्ने मान्यता विकसित भएको जिकिर गर्नुभयो । बिहीवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले । जनताको प्रतिनिधि भएर जनतालाई भ्रम छर्ने किसिमको भुमिका निभाउने काम प्रमुख प्रतिपक्षले गरेको भन्दै आपत्ति जनाउनु भयो ।