टेरामक्स खरिद प्रक्रियामा भ्रष्टाचार भएको भन्दै २ कम्पनीसहित १८ प्रतिवादी बनाइ मुद्दा दर्ता

जेठ १, २०८२ बिहीबार
टेरामक्स खरिद प्रक्रियामा भ्रष्टाचार भएको भन्दै  २ कम्पनीसहित १८ प्रतिवादी बनाइ मुद्दा दर्ता

अख्तियार दुरुपयोग अुनसन्धान आयोगले टेरामक्स खरिद प्रक्रियामा भ्रष्टाचार भएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले टेरामक्स खरिद प्रक्रियामा भ्रष्टाचार भएको भन्दै १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । जसमा पूर्वमन्त्री तथा नेपाली काँग्रेसका सांसद मोहन बस्नेत समेत हुनुहुन्छ । विशेष अदालतका शाखा अधिकृत प्रकाशनारायण श्रेष्ठकाअनुसार पूर्वमन्त्री बस्नेतसहित सेवानिवृत्त दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, तत्कालीन अध्यक्ष पुरुषोत्तमप्रसाद खनाल, प्राधिकरणका तत्कालीन सदस्य धनराज ज्ञवाली, टीकाप्रसाद उप्रेती, नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशक पदमा कार्यरत सुरेन्द्रलाल हाडा, दिपेश आचार्य, सन्दीप अधिकारीविरुद्ध मुद्दा दर्ता भएको हो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images