सत्तारुढ दलकै भेट्रान नेताहरु प्रि–बजेट छलफलमा सक्रिय नदेख्दा आश्चर्य लागेको छः एमाले सांसद थापा

जेठ १, २०८२ बिहीबार
सत्तारुढ दलकै भेट्रान नेताहरु प्रि–बजेट छलफलमा सक्रिय नदेख्दा आश्चर्य लागेको छः एमाले सांसद थापा

नेकपा (एमाले) का सांसद सूर्यबहादुर थापाले अगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सत्तारुढ दलकै अनुभवी नेताहरु सक्रिय नभएको बताउनुभएको छ । बिहीवारको प्रतिनिधि सभाको बैठकमा अगामी आर्थिक वर्षको विनियोजन विधेयका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद थापाले प्रि–बजेट छलफलमा सत्तारुढ दलकै ‘वाकपटु’ र ‘भेट्रान’ नेताहरु सक्रिय नहुँदा आश्चर्यमा परेको बताउनुभएको हो । नेपाली काँग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापालाई लक्षित गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले बजेट वक्तव्य जारी नहुँदै सत्तारुढ दलकै नेताले बजेट पुस्तक च्यात्ने धम्की दिनेकुरा पनि आश्चर्य भएको थापाको भनाइ छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images