प्रतिनिधि सभामा पढेर सुनाइयो सांसद बस्नेत निलम्वनको सूचना

जेठ १, २०८२ बिहीबार
प्रतिनिधि सभामा पढेर सुनाइयो सांसद बस्नेत निलम्वनको सूचना

टेरामक्स खरिद गर्दा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि प्रतिनिधिसभा सदस्य मोहन बस्नेतको पद निलम्वन भएको सूचना संसदमा सुनाइएको छ । बिहीवार प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले सांसद बस्नेतको पद निलम्वनको सूचना सुनाउनुभएको हो । अख्तियारबाट प्राप्त सूचना संसद सचिवालय पुगेपछि सभामुख घिमिरेले सभामा सुनाउनुभएको हो । सार्वजनिक पद धारण गरेका व्यक्ति भएकाले भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनअनुसार वस्नेत स्वतः निलम्बनमा पर्नुभएको हो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images