रुस–युक्रेन शान्ति वार्ता इस्तानबुलमा हुने

जेठ २, २०८२ शुक्रबार
रुस–युक्रेन शान्ति वार्ता इस्तानबुलमा हुने

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनी प्रतिनिधिमण्डलले इस्तानबुलमा हुने आगामी शान्ति वार्तामा रूससँगको द्वन्द्व अन्त्य गर्ने प्रतिवद्धताका साथ भाग लिने बताउनुभएको छ । यद्यपि उनी व्यक्तिगत रूपमा वार्ताको टेबलमा उपस्थित हुने छैनन् । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँगको वार्तापछि अंकारामा रहेको युक्रेनी दुतावासमा जेलेन्स्कीले पत्रकारहरूलाई युक्रेनले इस्तानबुलमा एक प्रतिनिधिमण्डल पठाउने बताउनु भयो । जेलेन्स्कीले युक्रेन वार्तामा प्रतिवद्ध रहेको तर मस्कोको मनसायमाथि शंका व्यक्त गरेको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images