टर्की र युक्रेनी विदेशमन्त्रीबीच रूस–युक्रेन शान्ति वार्ताबारे छलफल

जेठ २, २०८२ शुक्रबार
टर्की र युक्रेनी विदेशमन्त्रीबीच रूस–युक्रेन शान्ति वार्ताबारे छलफल

टर्कीका विदेशमन्त्री हाकान फिदानले टर्कीको अन्टाल्या शहरमा आफ्ना युक्रेनी समकक्षी एन्ड्री सिबिहासँग भेट गर्नुभएको छ । इस्तानबुलमा हुने रूस–युक्रेन शान्ति वार्ता अघि दुई नेताबी भेट भएको हो । टर्कीएको राज्य सञ्चालित अनाडोलु एजेन्सीको रिपोर्टअनुसार फिदानले सिबिहालाई भने कि टर्की शान्ति प्राप्त गर्न मद्दत गर्न वार्ता गर्नेसहित सबै प्रकारको सहयोग प्रदान गर्न तयार छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मे १५ मा इस्तानबुलमा युक्रेनसँग प्रत्यक्ष वार्ता पुनः शुरु गर्ने प्रश्ताव गर्नुभयो । सोही दिन युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले इस्तानबुलमा पुटिनसँग भेट्न तयार रहेको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images