नेकपा एमाले सांसद लिलानाथ श्रेष्ठले १६ औं पञ्चवर्षीय योजनाअनुसार बजेट निर्माण गरिनुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा अगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद श्रेष्ठले यस्तो बताउनुभउको हो । उहाँले अहिलेसम्म पञ्चवर्षीय योजनाअनुसार काम गर्न नसकेको भन्दै यसैलाई आधार मानेर बजेट बनाउनुको विकल्प नभएको दाबी गर्नुभयो । उहाँले मानव सुचकांकको आधारमा र कसरी समाजवादतर्फ जान सकिन्छ ? भन्ने ध्यान दिएर बजेट विनियोजन गर्नुपर्ने र सोहीअनुरुप नीति बन्नुपर्नेमा जोड दिनुभयो । बजेटले नेपाली जनतालाई आशा जगाउने र विश्वासमा लिने कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने सांसद श्रेष्ठको भनाई छ ।