नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफूहरूको उद्देश्य नाफा कमाउने नभएको बताउनुभएको छ । शुक्रवार प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूहरू सरकारी अङ्क भएको बताउँदै नाफा प्राधिकरणको उद्देश्य नभएको बताउनु भयो । उहाँले नाफाको पछाडि लागेर लोडसेडिङ गर्नु हुँदैन भन्ने आफूहरूको मान्यता रहेको बताउनु भयो । उहाँले पाएको खण्डमा नाफा लिने र नाफाकै लागि भन्दै विद्युत काट्ने काम नगर्ने बताउनु भयो ।