अब आवेदन दिएकै दिन श्रम स्वीकृति प्रदान गरिने

जेठ २, २०८२ शुक्रबार
अब आवेदन दिएकै दिन श्रम स्वीकृति प्रदान गरिने

वैदेशिक रोजगार विभागले आवेदन दिएकै दिन श्रम स्वीकृति प्रदान गर्ने भएको छ । वैदेशिक रोजगार विभागको कार्यालय ताहचलमा शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै रितपूर्वक अनलाईन दरखास्त फारम प्राप्त पश्चात आवेदन दिएकै दिन श्रम स्वीकृति दिने व्यवस्था कार्यान्वयन गरिने जानकारी दिएको हो । आवेदन दिएकै दिन श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था अबको तीन दिनभ कार्यान्वयनमा ल्याइने विभागका उपमहानिर्देशक एवं प्रवक्ता चन्द्रबहादुर शिवाकोटीले जानकारी दिनुभयो । उहाँकाअनुसार केहीदिन भित्रै आवेदन दिएको दुई घण्टाभित्रै श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था लागु गरिनेछ । उहाँले रोजगार विभागले सेवाप्रवाहलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने गरी विभाग अगाडि बढिरहेको जानकारी दिनुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images