सञ्चारमन्त्री गुरुङको टिप्पणीः वायुसेवा निगमलाई सधैँ पैसा दिएर चलाउँदा उन्नति हुन्छ भन्नु बाँदरको हातमा नरिवल दिनु जस्तै हो

जेठ २, २०८२ शुक्रबार
सञ्चारमन्त्री गुरुङको टिप्पणीः वायुसेवा निगमलाई सधैँ पैसा दिएर चलाउँदा उन्नति हुन्छ भन्नु बाँदरको हातमा नरिवल दिनु जस्तै हो

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल वायुसेवा निगमलाई सधैँ पैसा दिएर चलाइराख्न नसकिने बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित डिजिटल नेपाल फ्रेमवर्क २ को कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफू विगतमा पर्यटनमन्त्री हुँदाको जस्तै समस्या अहिले पनि यथावत रहेको बताउनु भयो । उहाँले नेपाल वायुसेवा निगमलाई सधैँ पैसा दिएर चलाउँदा उन्नति हुन्छ भन्नु बाँदको हातमा नरिवल दिनु जस्तै भएको टिप्पणी गर्नुभयो । उहाँले स्टाटेजक पार्टनर खोजेर पब्लिक प्राइभेट प्रोग्राममा जान जरुरी रहेको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images