राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल र चीनको जनकङ्ग्रेसका स्थायी कमिटीका उपाध्यक्ष सिआओ चीबीच शिष्टाचार भेटवार्ता भएको छ । शुक्रवार संसद भवन नयाँ बानेश्वरमा भएको भेटवार्तामा द्धिपक्षी साझेदारी, आपसी सहयोग र विगतमा भएको सम्झौताहरुको कार्यान्वयनको विषयमा छलफल भएको अध्यक्ष दाहालले बताउनुभएको हो । उहाँले भेटका क्रममा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्न आग्रह गरेको र सकारात्मक प्रतिक्रिया पाएको बताउनु भयो । अध्यक्ष दाहालले भेटमा विगतमा सामाजिक, आर्थिक, राजनीतिक लगायत सहमति तथा साझेदारी बनेका विषयहरुको कार्यान्वयनमा आफूले जोड दिएको समेत बताउनु भयो ।