उत्तरी गाजा पट्टीमा इजरायली आक्रमणबाट प्यालेस्टिनीहरूको मृत्यु हुनेको संख्या विगत १२ घण्टामा एक सय नाघेको छ । गाजाको नागरिक रक्षाले कम्तिमा १०९ जनाको मृत्यु र २१६ जना घाइते भएको पुष्टि गरेको छ । गाजाका नागरिक रक्षाका प्रवक्ता महमुद बसालले उत्तरी गाजा पट्टीको लागि कठिन र रक्तपातपूर्ण दिन भएको बताउनु भयो । प्यालेस्टिनी चिकित्सा स्रोतहरूले पीडितहरूमध्ये अधिकांश महिला र बालबालिका थिए ।