रूस र युक्रेनका प्रतिनिधिमण्डलहरूले शुक्रवार टर्कीको इस्तानबुलमा आफ्नो बैठक सम्पन्न गरेका छन् । नयाँ चरणको वार्ता गर्ने र ठूलो मात्रामा कैदीहरूको आदानप्रदान गर्ने सहमति जनाएका हुन् । दुई घण्टाको वार्ताको प्रमुख परिणामको रूपमा रूस र युक्रेनले प्रत्येक पक्षबाट १ हजार जना सम्मिलित कैदीहरूको आदानप्रदानमा सहमति जनाएका छन् । रूसी कूटनीतिक स्रोतहरूकाअनुसार राष्ट्रपतिका सहयोगी भ्लादिमिर मेडिन्स्कीले आदानप्रदान चाँडै हुने बताउनु भयो । उहाँले बैठकप्रति समग्र सन्तुष्टि पनि व्यक्त गर्नुभयो । रूस वार्ता जारी राख्न तयार रहेको पुष्टि गर्नुभयो ।