प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै शंकट नरहेको बताउनुभएको छ । शनिवार मदन—आश्रित स्मृति दिवसको कार्यक्रमलाई बल्खुमा सम्बोधन गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले कुनैपनि कुराको शंकट नभएकाले ढुक्क भएर आत्मविश्वासका साथ अघि बढ्न आग्रह गर्नुभयो । उहाँले आफूहरुलाई मार्ग निर्देश गर्न माक्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवाद रहेको बताउनु भयो । उहाँले आफूहरुका प्रेरणाका श्रोत दन भण्डारी, जीवराज आश्रित जस्ता महान नेताहरु रहेको र उहाँबाट सही ढंगले वैचारिक हिसावले मार्गनिर्देशन भइरहेको बताउनु भयो ।