प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजित गर्ने मनशायले पार्टी भित्रकै नेताहरु सक्रिय भएपछि पार्टी जोगाउनका लागि कदम कडा कदम चालेको बताउनुभएको छ । शनिवार मदन—आश्रित स्मृति दिवसको कार्यक्रमलाई बल्खुमा सम्बोधन गर्दै उहाँले पार्टी एकीकरणबाट नेकपा बनाएपछि पार्टीभित्रकै नेताहरु पार्टीलाई विभाजित गर्न लागेको उहाँले आरोप लगाउनुभएको हो । उहाँले ७४—०७५ मा पुग्दा हामीले पार्टीलाई एउटा सर्वाधिक मजबुत पार्टी बनाएको तर केही स्वार्थ बोकेकाहरुबाट बचाउन नसकेको बताउनु भयो ।