नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न जरुरी रहेको बताउनुभएको छ । शनिवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा आयोजित मदन—आश्रित स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सिंगो कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्ने काममा आफूहरु लागिरहेको बताउनु भयो । उहाँले आफ्नो अडान र विचारमा आत्मविश्वासी भएर अघि बढ्न जरुरी रहेको बताउनु भयो । उहाँले विचार, दृष्टिकोण मिल्नेहरुसँग हातेमालो गर्न, मोर्चा बनाएर जानुपर्ने बताउनु भयो । उहाँले सम्भव भए पार्टी एकता गरेर जानुपर्नेमा जोड दिनुभयो ।