शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले रामायणले नेपाली समाजलाई जोड्ने काम गरेको बताउनुभएको छ । प्राध्यापक राजेन्द्र सुवेदीको कृति भुमिका र समालोचनको सार्वजनिकीकरण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले रामायणले नेपाली कृति खोजेर पढ्ने वातावरण बनाउनुका साथै संस्कृतको प्रभुत्वलाई पण्डित र संस्कृतज्ञहरुको बीचबाट नेपाली भाषामा लेखेर महत्वपूर्ण काम गरेको बताउनु भयो ।