नेपाली काँग्रेसका सांसद पूर्णबहादुर तामाङले आगामी आर्थिक वर्षको बजेटमा आफूहरुले माग गरेको बजेट नपाए अर्थमन्त्रीले ठूलो मूल्य चुकाउनुपर्ने बताउनुभएको छ । शनिवार नयाँ बानेश्वरमा बसेको काँग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै त्यस्तो बताउनुभएको हो । आपूmहरुले सात वटा जिल्लाका सांसदहरुका लागि तीन/तीन करोडको दरले २१ करोड बजेट माग गरिएको जानकारी दिनुभयो ।