अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर

जेठ ४, २०८२ आइतबार
अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर

लगभग ९० हजार मानिसहरूले काम पाएपनि अप्रिलमा अस्ट्रेलियाको बेरोजगारी दर स्थिर रहेको छ । अस्ट्रेलियाली तथ्याङ्क ब्यूरोले जारी गरेको आधिकारिक तथ्याङ्कले अप्रिलमा लगातार दोस्रो महिनामा आधिकारिक बेरोजगारी दर ४.१ प्रतिशत रहेको बताएको छ । मार्च र अप्रिलको बीचमा रोजगारी प्राप्त अस्ट्रेलियालीहरूको संख्या ८९ हजारले बढेको र सोही अवधिमा बेरोजगारहरूको संख्या ६ हजारले बढेको बताएको छ । काम पाएका ८९ हजार मानिसहरूमध्ये ६५ हजार महिला थिए । महिला रोजगारी वृद्धि मुख्यतया पूर्ण–समय कामदारहरूमा थियो । जुन ४२ हजारले बढेको थियो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images