सामाजिक सुरक्षा कोषमा अर्बौं संकलन

जेठ ४, २०८२ आइतबार
सामाजिक सुरक्षा कोषमा अर्बौं संकलन

सामाजिक सुरक्षा कोषले योगदानकर्ताबाट अबौँ संकलन गरेको छ । २२ लाख १३ हजार योगदानकर्ताहरुबाट कोषले ७९ अर्ब ४२ करोड संकलन गरेको हो ।  नेपालमै रहेर काम गर्ने भन्दा वैदेशिक रोजगारीमा जानेहरु कोषमा धेरै आवद्ध भएका छन् । कोषले सार्वजनिक गरेको तथ्यांकअनुसार १६ लाख ३२ हजार वैदेशिक रोजगारीमा गएका श्रमिकहरु कोषमा आवद्ध भएका छन् । हाल सामाजिक सुरक्षा कोषमा औपचारिक क्षेत्रका २० हजार ५ सय प्रतिष्ठानमा कार्यरत ५ लाख ८० हजार श्रमिक आबद्ध भइसकेका छन् ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images