नेकपा (माओवादी केन्द्र) की सांसद दुर्गा राईले झ्याप्प झ्याप्प बत्ती जाने कुरा सरकारको आयुको संकेत हो भन्दै प्रश्न गर्नुभएको छ । प्रतिनिधि सभाको आईतवारको बैठकमा बोल्दै उहाँले अहिले झ्याप्प झ्याप्प बत्ती जाने गरेकोप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले झ्याप्प झ्याप्प बत्ती जानुको अर्थ सरकारको आयुसँग् जोडिएको उहाँको टिप्पणी छ । पछिल्लो समय बत्ती जाने र आउने क्रमबाट नागरिकरु रुष्ट छन् । जसकारण पनि सरकारको बिरोध भइरहेको छ ।