नेपाली काँग्रेसका सांसद देवप्रसाद तिमल्सेनाले मझौला उद्योग व्यवसायीहरुको ब्याज र हर्जाना छुट गरिदन सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधि सभाको आईतवारको बैठकमा बोल्दै उहाँले आगामी आर्थिक वर्षको बजेटमा सरकारसँग उनीहरुको ब्याज र हर्जाना छुट गरिदिन माग गर्नुभएको हो । उहाँले देशभरमा रहेका मझौला उद्योगहरु अहिले धेरै मारमा रहेको र सरकारले मिटरब्याज भन्दा पनि बढी हर्जाना तिराएको बताउनु भयो । हर्जाना र ब्याज तिर्न नसक्दा अहिलेसम्म १७ जना मझौला उद्योग व्यवसायीहरुले आत्महत्या गरेको बताउनु भयो ।