शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघीयताको मर्मअनुसार विकेन्द्रिकरणमा आधारित चिकित्सा शिक्षा प्रणालीको शुरुवातको रुप भएको सांसदहरुले बताएका छन् । प्रतिनिधि सभाको आईतवारको बैठकमा शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१ माथिको छलफलमा भाग लिँदै सांसदहरुले यस्तो बताएका हुन् । विश्वविद्यालयले चिकित्सा शिक्षाको क्षेत्रमा राष्ट्रिय अनुसन्धान केन्द्रको भुमिका खेल्नसक्ने उनीहरुको विश्वास छ ।