दक्षिणी भारतीय शहर हैदराबादको एक भवनमा आईतवार भएको भीषण आगलागीमा १७ जनाको मृत्यु भएको छ भने धेरै जना घाइते भएका छन् । शहरको प्रतिष्ठित चारमिनार क्षेत्र नजिकै गुलजार हाउसमा रहेको आवासीय भवन भित्र बिहान आगलागी भएको थियो । आगो बिहान ६ बजेतिर लागेको थियो । बिहान सवा ६ बजेसम्ममा अग्निशमन विभाग घटनास्थलमा उपस्थित थियो । उनीहरूले भित्र फसेका मानिसहरूलाई बचाउने प्रयास गरे पनि आगोले सम्पूर्ण भवनलाई नै ध्वस्त पारेको थियो ।