कुटनीति र अन्तर्राष्ट्रिय मामिलामा महत्वपूर्ण भुमिका खेल्नको लागि नेपालमा आईतवारबाट एम्बास्डर्स क्लव र इन्टरनेशनल रिलेसन्स एण्ड ग्लोवल डिप्लोमेसी डाइलग (आईआरजीडीडी) को शुरुवात भएको छ । सोही अवसरमा नेपालको पहिलो कुटनीतिक पत्रिका तथा मिडिया प्लेटफर्म ‘द डिप्लोम्याट नेपाल’ पनि सार्वजनिक गरिएको हो । कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आईआरजीडीडी, एम्बास्डर्स क्लव र ‘द डिप्लोम्याट नेपाल’ म्यागेजिनको शुभारम्भले विश्वमा भइरहेको परिवर्तनमा नेपालले एक महत्वपूर्ण भुमिका रहने बताउनु भयो । वैश्विक व्यवस्था तिब्र रुपमा परिवर्तन भइरहेको भन्दै नेपाल अब किनारामा बस्न नसक्ने उल्लेख गर्नुभयो । उहाँले शान्ति, सक्रिय सार्वभौमिकता र न्यायमा आधारित योगदानहरुको लागि हुने प्रयास एक समयानुकुल र आवश्यक कदम भएको बताउनु भयो ।