नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले समयमै किसानलाई मलखाद उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सोमवारको प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । ५ अर्ब ६७ करोड रुपैयाँ कृषि कोल्ड स्टोरको नाममा गएका अनुदानको अनुसन्धान र छानविन गरी जवाफ दिन सरकारसँग आग्रह गर्नुभयो । उहाँले हरेक वर्ष झन्डै साढे ७ लाख मेट्रिक टन मलखादको आवश्यकता हुने गरेको भएपनि आवश्यक मल अझै नआइसकेको भन्दै आपत्ति जनाउनु भयो ।