नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले गुठीको समस्या समाधानका लागि सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद सापकोटाले सिन्धुपाल्चोकमा मात्र एक सय ४६ वटा नाममा दर्ता भएका गुठीहरु समस्यामा भएकाले तत्काल समस्या समाधानका लागि सरकारसँग माग गर्नुभएको हो । उहाँले गुठीबाट देशभरका लाखौं नागरिक प्रभावित भएको र ६८ वटा जिल्लामा फरक प्रकृतिको गुठीका समस्या रहेको बताउनु भयो । उहाँले गुठीसँग सम्बन्धित विविध समस्याको समाधानका लागि गहनरुपमा अध्ययन गरी तत्काल विधेयक ल्याई समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।