नेकपा (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरले सगरमाथा संवादमा सार्क मुलुकका एक जना पनि सरकार प्रमुखलाई उपस्थित गराउन नसक्नु सरकारको कुटनीतिक असफलता रहेको आरोप लगाउनुभएको छ । सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले नेपाली जनताले रुचीपूर्वक प्रतिक्षा गरेको र प्रधानमन्त्री स्वयंले आह्वान गर्नुभएको संवादमा सार्क मुलुकका एकजनापति प्रमुख उपस्थित नहुनु दुःखद् भएको बताउनुभएको हो । उहाँले अछाममा प्राकृतिक विपत्तिमा परेकाहरुले विभिन्न समयमा बाढीपहिरो, भूकम्पजस्ता प्राकृतिक विपत्तिबाट विस्थापित भएकाहरुले अहिलेसम्म पनि राज्यको तर्फबाट राहत पाउन नसकेको बताउनु भयो ।