नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० ले प्रचलित कानूनमा रहेका प्राविधिक त्रुटी सुधार हुनेछन्ः मन्त्री चौरसिया

जेठ ५, २०८२ सोमबार
नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० ले प्रचलित कानूनमा रहेका प्राविधिक त्रुटी सुधार हुनेछन्ः मन्त्री चौरसिया

कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० ले प्रचलित कानूनमा रहेका प्राविधिक त्रुटी सुधार हुने बताउनुभएको छ । सोमवार बसेको राष्ट्रिय सभाको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रश्तावमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विधेयकमा प्रश्ताव गरिएका व्यवस्थाबाट प्रचलित कानूनमा रहेका प्राविधिक त्रुटी सुधार हुनुका साथै नेपालको दिगो तथा सन्तुलित विकास सुशासन प्रत्याभुति हुने व्यवस्था गरिएको बताउनु भयो । सांसदहरुले व्यक्त गर्नुभएको चिन्ताको सम्बोधन गर्न आवश्यक रहेको भए सम्बन्धित विधायन समितिबाट हुने बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images