काँग्रेसभित्र अहिले उकुसमुकुस छः महामन्त्री थापा

जेठ ५, २०८२ सोमबार
काँग्रेसभित्र अहिले उकुसमुकुस छः महामन्त्री थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली काँग्रेसमा उकुसमुकुसको अवस्था रहेको बताउनुभएको छ । सोमवार काठमाडौंमा सुवास घिमिरेले लेख्नुभएको विपी कोईरालाको जीवन कथामा आधारित पुस्तक सान्दाजुको लोकोर्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले काँग्रेसभित्र अहिले उकुसमुकुस, गुनासो, असन्तुष्टि र छटपटाहट रहेको जिकिर गर्नुभयो । उहाँले तर सँगै काँग्रेसमा एउटा अवसर पनि रहेको बताउनु भयो । उहाँले काँग्रेस अहिले संघ, प्रदेश र स्थानीय तहको सरकारमा रहेको र अब बन्ने प्रधानमन्त्री पनि काँग्रेसकै रहने बताउनु भयो । उहाँले अब गभर्नर पनि काँग्रेसकै भागमा रहेको बेलामा पनि काँग्रेसीजनमा खुशी नरहेको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images