बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका नवनियुक्त अध्यक्ष लिलादेवी गड्तौलाले पदभार ग्रहण गर्नुभएको छ । अध्यक्ष गड्तौलासँगै आयोगका सदस्यहरु गोपालनाथ योगी, अग्निप्रसाद थपलिया, सिर्जना पोखरेल र विनिता नेपालीले पनि पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गर्दै उहाँले आयोगका जिम्मेवारी धेरै भएकोले हामी नियुक्त भएर आएपनि वास्तविक औजार भनेको कर्मचारी नै भएको बताउनु भयो । उहाँले कर्मचारीलाई आवश्यक सहयोगको आग्रह गर्दै कर्मचारीको सहयोगले जिम्मेवारी पूरा गर्न सजिलो हुने स्पष्ट पार्नुभयो ।