सांसदहरुले निर्वाचन क्षेत्र केन्द्रित विकास बजेट उपलब्ध गराउने विषयलाई गलत मान्न नहुने बताएका छन् । सरकारले आगामी आर्थिक वर्षको बजेटमा संघीय निर्वाचन क्षेत्र विशेष विकास बजेट दिने समाचार आइरहेको समयमा सांसदहरुले गलत अर्थमा नबुझ्न आग्रह गरेका हुन् । प्रतिनिधि सभाको बैठकपछि बाहिरिने क्रममा स्थानीयको माग र आवश्यकतामा छनौट भएका विकास योजनामा सांसदले सिफारिस गरेर विकास निर्माणको काम गराइनुलाई सांसदलाई नै पैसा दिएको भन्ने नबुझ्न आग्रहसमेत गरेका थिए ।