अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमवार आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँगको टेलिफोन वार्ता धेरै राम्रो भएको बताउनुभएको छ । पुटिनसँग साढे दुई घण्टा कुराकानी गरेको र कुराकानी सन्तोषजनक रहेको बताउनु भयो । रूस र युक्रेनले तत्काल युद्धविरामका लागि वार्ता गर्ने उहाँको भनाइ छ ।