देशको स्थायी निर्वाचन प्राधिकरणद्वारा प्रकाशित नतिजाअनुसार बुखारेस्टका मेयर तथा स्वतन्त्र उम्मेदवार निकुसर डान रोमानियाको राष्ट्रपतिको दोस्रो चरणको निर्वाचनमा विजयी हुनुभएको छ । उहाँले आफ्ना प्रतिद्वन्द्वी जर्ज सिमियनलाई पराजित गर्नुभयो । डानले ५४.१७ प्रतिशत मत प्राप्त गर्नुभयो भने एलायन्स फर द युनियन अफ रोमानियान्सका नेता सिमियनले ४५.८३ प्रतिशत मत प्राप्त गर्नुभयो ।