नेकपा (माओवादी केन्द्र) का सांसद छिरिङ डम्डुल लामा भोटेले हुम्लाको लिमी उपत्यकास्थित तिल गाउँका बासिन्दाहरुको उद्धारमा विशेष योजना बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । मंगलवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले त्यहाँका स्थानीयहरुको जीवन कष्टकर बनिरहेको र जाने ठाउँ पनि नभएकाले सरकारले समयमै उचित कदम चाल्नुपर्ने बताउनु भयो । तत्काल आपत्कालीन बैठक बसेर आवश्यक कदम चाल्न उहाँको आग्रह छ । विशेष प्याकेज तयारी गरेर हुम्ला जिल्लाबाट हिमाल बचाउ अभियान शुरु गर्न माग पनि गर्नुभयो ।