जलवायु जोखिम समूहको नेतृत्वकर्ताका रुपमा नेपाल स्थापित भएको  छः डा. आयान बनर्जी

जेठ ६, २०८२ मंगलबार
जलवायु जोखिम समूहको नेतृत्वकर्ताका रुपमा नेपाल स्थापित भएको  छः डा. आयान बनर्जी


प्राक्टिकल एक्शनका एशिया क्षेत्रीय निर्देशक डा. आयान बनर्जीले सगरमाथा संवादले नेपाललाई जलवायुजन्य जोखिम समुदायको लागि समाधान खोज्नेने नेतृत्वकर्ताको रूपमा स्थापित गरेको बताउनुभएको छ ।


विज्ञ बनर्जीले सरोकारवालाहरूलाई एकै स्थानमा ल्याएर हिमालदेखि समुन्द्रसम्मको पारिस्थितिकीय प्रणालीमा आधारित समाधान खोज्ने प्रयास गर्नु आफँैमा महत्वपूर्ण कार्य भएको भन्दै नेपाल सरकारको प्रशंसा गर्नुभयो । नेपाल सरकारले जलवायु परिवर्तन र वित्त सम्बन्धी पहललाई तिब्रता दिँदै बहु–सरोकारवाला संवादको शुरुवात गरी विश्वलाई सकारात्मक सन्देश दिएको विज्ञ बनर्जीले उल्लेख गर्नुभयो । सगरमाथा संवाद आफँैमा महत्वपूर्ण भएको बताउनु भयो । जलवायु कार्यमा देखिएको स्रोत पहुँचको दूरी कम गर्ने  सवालमा पनि संवादले पैरवी गरेको उहाँको तर्क थियो । 
संवादमा सहभागी हुन नेपाल आउनुभएका डाक्टर बनर्जीले न्युज एजेन्सी नेपालका संवाददातासँग कुरा गर्दै क्षेत्रीय स्तरमा बहस छलफल गर्न सगरमाथा संवाद जस्तो बहु–देशीय र बहु–सरोकारवाला गठबन्धन आवश्यक रहेकोमा जोड दिनुभयो । निर्देशक बनर्जीले जलवायु परिवर्तनले निम्त्याएको प्रकोपको गति हाम्रा कार्यभन्दा तिब्र हुने भएकाले पूर्वसूचना प्रणालीलाई अझै विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो । उहाँले तत्काल जलवायु वित्त सम्मको पहुँच कमजोर भएकोले स्रोत सम्मको  पहुँच र वकालतमा सगरमाथा संवाद जस्ता बहु–सरोकारवाला मंचले सकारात्मक र प्रभावकारी भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।   
सगरमाथा संवादले नेपाललाई जलवायु संकटको अग्रपङ्क्तिमा रहेका समुदायहरूका लागि समाधान खोज्ने नेतृत्वकर्ताको रूपमा स्थापित गर्ने अपेक्षा गरेको बताउनु भयो । नविन प्रविधिहरूले जलवायु संकटको प्रभावलाई न्युनिकरण गर्ने सम्भावना बोकेको हुने भएकाले एआई लगायतका प्रविधिलाई  समस्या समाधानको हिस्साको रूपमा अघि बढाउन आवश्यक रहेको बताउनु भयो ।  
प्राक्टिकल एक्शनले विगत लामो समयदेखि नेपालमा जलवायु परिर्वतन, पूर्वसूचना प्रणाली र नविकरणीय उर्जामा काम गर्दे आएको छ । —न्युज एजेन्सी नेपाल

 

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images